Friday, May 19, 2017

बेलायती महारानीको सुरक्षामा नेपाली बहादुरहरु ! भन्छन् – हामीबाहेक अरुले हतियार बोक्न पाउँदैनन्

काठमाडौं,६ जेठ । बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । आजको कान्तिपुरमा खबर छ । बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई । ललितले भने: -महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । -समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ । उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।

No comments:

Post a Comment