Saturday, May 27, 2017

नेपालगंजमा भिषण आगलागी

नेपालगंज : नेपालगंजको धम्बोजी चोक नजिकै रहेको एक फर्निचर पसलमा भीषण आगलागी भएको छ । एक घण्टादेखि लागेको आगो निभाउनका लागि दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरीको टोली र स्थानीयहरु लागि रहेपनि हालसम्म आगो नियन्त्रणमा आएको छैन् । आगलागीका कारण फर्निचर पसल ध्वस्त भइसकेको छ भने नजिर्कै रहेको एक होटलमा पनि क्षति पुगेको छ । आगो नियन्त्रणमा आइनसकेकाले थप क्षति हुन सक्ने सम्भवना देखिएको छ । विद्युत सट भएका कारण आगलागी भएको अनुमान गरिएपनि के कारण आगलागी भएको भन्ने खुलेको छैन्। -

No comments:

Post a Comment