Wednesday, May 31, 2017

गिट्टी कुटेको ज्याला माग्दा साहुले उल्टै निर्घात कुटपिट

जाजरकोट । मजदुरी गरि दुइहात जोड्ने गरिब महिलामाथि साहुले हातपात गरेका छन | गिट्टी कुटेको पैसा माग्दा उल्टै महिलामाथि कुटपिट भएको हो । ज्यालादारीमा गिट्टी कुट्ने काममा लागेकी त्रिवेणी नगरपालिका वडा नं. –३ की पुतला वुढाले आफ्नो पारिश्रमिक माग्दा उल्टै कुटाई खाएकी हुन् । बुढालाई सदरमुकाम खलंगाको भेरी नगरपालिका वडा नं. –३ ठाटीस्थित न्यू महालक्ष्मी कपडा पसलकी साहुनी मायादेवी शाहीले घर बनाउनका लागि गिट्टी कुट्ने काममा लगाएकी थिइन् । काम गरेको पैशा मागेपछि साहुनीले पसलभित्रै कुटेको पीडित बुढाले बताएकी छन् । उनको टाउकोमा चोट लागेकाले उपचारका लागि नेपालगञ्ज लगिएको उनका आफन्तले जनाएका छन् । काम गरेको पैशा दिनुभन्दा उल्टै मजदुरमाथि आक्रमण गरेर घाइते बनाएपछि जिल्लामा क्रियाशील बिभिन्न मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले उक्त घटनाको बारेमा घोर आपत्ति जनाएका छन् । निमुखा माथि यसरी हातपात हुदा स्थानीयहरु भने चुप छन | -

No comments:

Post a Comment