Tuesday, May 30, 2017

दुनियाकै खतरनाक रेलवे, जसले खायो १ लाख २० हजार मानिस

थाइल्याण्ड र म्यानमारको राजधानी जोड्ने द बर्मा रेलवे दुनियाकै खतरनाक नरभक्षी रेलवे हो । नरभक्षी यस अर्थमा की यो रेलवेको निर्माणका क्रममा १ लाख २० हजार भन्दा बढि मानिसको मृत्यु भएको थियो । डेथ रेलवेेको नामले पनि चिनिने यो रेलवेको लम्बाइ ४१५ किलोमिटर रहेको छ । यो रेलवेले थाइल्याण्ड र म्यानमारको राजधानी यांगुनलाई जोड्दछ । यो रेलवे रुट अन्तरगत क्वाइ नदीमा निर्मित डेभिड लियानको पुलको कथा सबैभन्दा भयानक रहेको छ । यो रेलवे रुटको कथा दोश्रो विश्वयुद्धबाट सुरु हुन्छ । बर्मामा बेलायती र अमेरिकी सेनासँग लडिरहेका आफ्ना सैनिकका लागि खानेकुरा तथा बन्दोवस्तीका सामान पठाउनका लागि जापानलाई यो रेलमार्ग आवश्यक थियो, किनकी समुद्री मार्ग शत्रुराष्ट्रको कब्जामा थियो । यो रेलमार्ग बनाउनका लागि धेरै वर्ष लाग्नेवाला थियो तर यसलाई झण्डै एक वर्षमै पूरा गरियो । १९४२ को जुन महिनाबाट निर्माण सुरु भएको यो रेलमार्ग १९४३ को अक्टोबरमा निर्माण सम्पन्न भयो । यो रेलवे बनाउनका लागि जापानले युद्धमा पक्राउ परेका अस्ट्रलियाली, बेलायती, अमेरिकी तथा डच सैनिकको प्रयोग गरेको थियो । उक्त रेलवे निर्माणमा एसियाली मजदूर पनि थिए । मजदुरहरुले दिनको १८ घण्टासम्म काम गर्नुपथ्र्यो । लगातारको भारी वर्षामा पनि बन्धक बनाइएका मजदुरहरुलाई काम गराइएको थियो । उनीहरुलाई दिनको अढाइ सय ग्राम चामल मात्र खानका लागि दिइन्थ्यो । सिमसार क्षेत्रहरुमा काम गर्दा धेरै मजदुरहरु लामखुट्टेले टोकेर डेंगु, औलो जस्ता रोगका कारण मरे । कालाजारका कारण हरेक दिन २० जना जति मजदुरको मृत्यु हन्थ्यो । विरामीहरुलाई समेत जापानीहरुले निर्दयतापूर्व काममा लगाए । थ्री प्यागोडा क्षेत्रको पुल बनाउनका लागि १७ सय जना बन्धक मजदुरलाई काममा पठाइएको थियो । पुल त आठ महिनामै बन्यो तर अक्टोबरमा ती मध्ये केवल ४ सय मजदुरमात्र ज्युँदै फर्किए । ती बाँचेका व्यक्तिहरुलाई च्यांगी पठाइयो, जहाँ थप २ सय जनाको मृत्यु भयो । यो रेलवे निर्माणका क्रममा मरेका मानिसहरुको सूचि यस्तो छ : मजदुर संख्या एसियाली ८० हजार भन्दा बढि बेलायती ६ हजार पाँच सय ४० डच दुर्इ हजार अठ सय ३० भन्दा बढि कोरियाली तथा जापानी सैनिक एक हजार अस्ट्रलियाली मजदुर दुर्इ हजार सात सय १० अमेरिकी तीन सय ५६ यो रेलमार्ग निर्माणमा खटिएका हरेक पाँच जनामध्ये एकजना मजदुरको मृत्यु भएको थियो । यो रेलवेको निर्माणपछि थप ६१ हजार ७ सय मजदुरलाई ट्रयाकको मर्मतका लागि खटाइएको थियो । कतिपय मजदुरको त युद्धका क्रममा भएको बमबारी बाट पनि ज्यान गएको थियो । -

No comments:

Post a Comment