Tuesday, May 23, 2017
दमौलीको मालपोतको लाइनमा एकपछि अर्को रहस्यमय घटना सुतिरहेको बालकको घाटीमा चक्कु भेटिएपछि
दमौली । व्यास २ मालपोत लाइन स्थित दुई घरमा एक पछि अर्को रहस्मय घटना हुने क्रम रोकिएको छैन । गएराती देखि अदृश्य शक्तिले ढुङगा प्रहार गरेको ति घरमा केहीबेर अगाडि सुतिरहेको बालकको घाँटीमा चक्कु भेटिएको छ । बच्चालाई दूध खुवाएर सुताई रहेका थियौं एक्कासी घाँटीमा चक्कु देखियो ।होश हवास उड्यो पूर्णबहादुरले भने ।त्यस्तै बिहान आफ्नो घरमा राखेको चक्कु छिमेकीको घरमा भेटिएको समेत पूर्णबहादुरले बताए । एकपछि अर्को अनौठो घटना दोहोरिदै गर्दा भाडामा बसेका छविलाल थापा र पूर्णबहादुर गुरुङका परिवार निकै त्रसित हुन पुगेका छन् ।
छविलाल र पूर्णबहादुरको परिवारको बसेको घरमा एकपछि अर्को अपत्यारिलो घटना दोहोरिदै छिमेकीहरु समेत त्रसित हुन पुगेका छन् । यतिखेर उक्त अपत्यारिलो घटना भएको स्थानमा सुरक्षाकर्मी समेत पुगेका छन् ।तर सुरक्षाकर्मीहरु समेत अन्यौलमा परेका छन् । त्यस्तै उक्त अनौठो घटनाभएको ठाउँमा सयौंको संख्यामा सर्वसाधारणहरु समेत पुगेका छन् ।तर सबै अन्यौल ग्रस्त रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment