Saturday, May 27, 2017

ढुक्क भए हुन्छ, भरतपुरमा रेणु हार्छिन् : कांग्रेसहरुको उनलाई भोट नहाल्ने गोप्य सहमति भएको थियो'

अहिले भारतपुरको मतपरिणामलाई लिएर विभिन्न खाले बहस भइरहेका छन् । कतिले नेकपा एमाले अगाडी आउने भनीरहेका छन् भने कतिले रेणु अगाडी आउने दावी गरिरहेका छन् । तर चितवनमा सच्चा कांग्रेस भएर नेतृत्वको एलाएन्स चित्त नबुझी रेनुलाई मत नहाल्ने गोप्य सहमति भएको थाहा पाउने हामीजस्ता भने ढुक्क छौँ, रेणु हार्छिंन् । हुन त यो भन्ने सहि बेला नहुनपनि सक्छ । किनकि रेणु हारेको मतपरिणाम आउन अव धेरै समय कुर्नुपर्दैना । धेरै उत्सुक पनि हुनुपर्दैन ।किनकि नेतृत्वको निर्णय नमानेर नेतृत्वकै पुत्ला जलाएका हाम्रो ठुलो समूहले रेणुलाई भोट कुनैपनि हालतमा नहाल्ने निर्णय गरेका हालौं पनि कसरी, हाम्रा कतिपय दाजुभाइ कांग्रेस भएकै कारण माओवादीबाट मारिनुपरेको थियो । के हाम्रो अस्तित्व छैन र ? हामीले प्रमाणित गर्नुथियो, कि अप्राकृतिक गठबन्ध नकहिलेपनि कसैलाई पनि फाप्दैन । मलाइ थाहा छ, म मात्र होइन धेरै कांग्रेसीहरुले रेणुले भोट हालेका छैनन् । बरु माओवादीले युद्धकालमा दुख दिंदा कतिपय एमालेजनले साथ दिएका थिए । ‘फ्लोर-क्रस’ नै मानौं हामी धेरै भरतपुरबासी कांग्रेसीहरुको मत रेणुलाई गएको छैन । रेनुले हार्ने पक्का छ । यसबाट सबैले ठुलो पाठ सिकुन् । एमालेका उम्मेदवारलाई अग्रिम बधाई । (विषय अनुकुलतालाई हेरेर आफ्नो नाम प्रस्तुत गर्न असमर्थ छु । भरतपुरको नतिजाको सार्है चर्चा भएपनि यति लेख्न मन लाग्यो ।) -

No comments:

Post a Comment