Tuesday, May 23, 2017
जेठ ३१ गते चुनाव हुन सक्दैन : आयोग
काठमाडौं- सरकारले निर्वाचन आचारसंहिता मिचेर २२ वटा स्थानीय तहको संख्या थप गरी वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईका जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने, विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने, २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो। सरकारको यस्तो निर्णयले जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्थगित हुने निर्वाचन आयोगले जनाएको छ।
‘सरकारको निर्णयबारे हामीलाई केही जानकारी छैन। स्थानीय तहको संख्या थपेपछि जेठ ३१ मा निर्वाचन गर्न सकिँदैन, निर्वाचन हुँदैन।’
आयोगले पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचनको अन्तिम तयारी भइरहेका बेला स्थानीय तहको संख्या बढाइएकाले निर्वाचन गर्न नसकिने प्रस्ट पारेको हो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment