Thursday, May 25, 2017

प्रचण्डको केपी ओलि लाइ यस्तो जवाफ !! कुरा होइन काम गरेर देखाउनुस ! नत्र अरुले गरेकोमा रिस नगर्नुहोस >>>{भिडियो सहित}

काठमाडौं, ११ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका छन् । निजी निवास लाजिम्पाटमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै दाहालले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईंहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईंहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।” नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरु अगाडि बढेको भन्दै उनले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास लिए । सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरे । यस्तै, कार्यक्रममा नयाँ शक्तिका नेताहरु चेतकुमारी गुरुङ, चन्द्र लक्जम्बालगायतका केन्द्रीय नेता प्रवेश गरे । माओवादी केन्द्र प्रवेश गर्दै नेता खम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा पुग्ने धारणा राखे । कार्यक्रममा नयाँ शक्तिका नेताद्वय लक्जम्बा र गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । प्रचण्डको केपी ओलि लाइ यस्तो जवाफ !! कुरा होइन काम गरेर देखाउनुस ! नत्र अरुले गरेकोमा रिस नगर्नु

No comments:

Post a Comment