Tuesday, May 30, 2017

आमाको पीडाले जो कसैलाई रुवाउछ – अस्पतालमा छोडेर भागे छोरा, रुँदा रुँदा आमाको यस्तो हालत

पाकिजा (सन् १९७२) जस्तो फिल्ममा काम गरिसकेकी नायिका गीता कपूर त्यतिबेला बिक्षिप्त भइन् जब उनलाई थाहा भयो कि उनका कोरियोग्राफर छोरा राजा कपूरले उनलाई अस्पतालमा एक्लै छोडेर भागे । गत अप्रिल २१ तारिखमा कम रक्तचापका कारण राजाले गोरेगाँउ, मुम्बईस्थित नीजि अस्पताल एसआरभीको एम्बुलेन्स बोलाए र आमालाई त्यहाँ छोडेर फरार भए । एक महिनाभन्दा बढि बितिसक्यो तर राजाले उनलाई न त भेट्न नै आए न फोनमा कुरा गर्नका लागि तयार नै भए । जब फिल्म निर्माा रमेश तौरानी र नायक अशोक पण्डितलाई यसबारे जानकारी भयो तब उनले अस्पताल पुगेर उठेको १.५ लाख भारुको बिल भुक्तानी गरे । रिपोर्टका अनुसार गितालाई वृद्धाश्रम पठाइने सम्भावना छ । के भन्छन् अस्पतालका डाक्टर ? अस्पतालका चीफ इन्टेन्सिविष्ट दिपेन्द्र त्रिपाठीका अनुसार २१ अप्रिलमा राजाले फोन गरेर एम्बुलेन्स बोलाए । जब गितालाई लिएर एम्बुलेन्स अस्पताल पुग्यो तब राजालाई डिपोजिट गर्नका लागि भनियो । यसका लागि उनी एटिएमबाट पैसा निकाल्नुपर्छ भन्दै बाहिर निस्किए र त्यसपछि फर्किएनन् । दिपेन्द्र भन्छन्, ‘चकित पारिदिने कुरा त के छ भने जब अस्पतालको प्रशासनबाट केही मानिसहरु राजाको घर पुगे तब छिमेकीले उक्त घर तीन महिना पहिले नै भाडामा लिएको र आमालाई अस्पताल छोडेलगत्तै घर खाली गरिएको बताए ।’ गीतालाई भर्ना गर्ने बेला राजाले आफ्नो ठेगाना अन्धेरीस्थित फोर बंगला बताएका थिए, गीता आफैले पनि यसबारे पुष्टि गरेकी थिइन् । डा. दिपेन्द्रका अनुसार परिवारलाई खोज्नका लागि पुलिसको मद्दत पनि मागियो । कथित रुपमा गीताकी एक छोरी पनि छिन् जो एयरहोस्टेज छिन् र घरमा बुहारी पनि छिन् । अस्पतालले उनीहरुलाई पनि सम्पर्क गर्ने कोसिस गर्यो । पुलिस भन्छ, ‘हामी बिरामीलाई वृद्धाश्रम पठाउन सक्दैनौं’ गोरेगांव पुलिस थानामा मे २ तारिखमा उक्त घटनाबारे उजुरी गरिएको छ । त्यहाँका एडिशनल पुलिस इन्सपेक्टर पांडुरंग पिताका अनुसार जबसम्म कुनै बिरामीका आफन्त हुन्छन्, उनीहरुलाई वृद्धाश्रम पठाउन सकिँदैन । उनी प्रतिप्रश्न गर्छन्, ‘यो क्रममा बिरामीलाई केही भयो भने के गर्ने ?’ पुलिसका अनुसार उनीहरु गिताको छोरालाई खोजी गर्नका लागि मद्दत गर्न सक्छन् । पुलिसको भनाई अनुसार गिताको उनको छोरासँग टेक्स्ट मेसेजमार्फत कुरा भइरहेको छ र उनले चाँडोभन्दा चाँडो आमाको अस्पतालको बिल तिरिदिने जानकारी दिएका छन् । यता अस्पताले प्रशासनले भने यी सबै कुरा झुटो भएको बताउँदै पुसिलले यस विषयमा पूरा सहयोग नगरेको आरोप लगाएको छ । करिब सय फिल्ममा काम गरिसकेकी छिने गितालेः एक रिपोर्ट अनुसार गिताले करिब सय फिल्ममा काम गरेकी छिन् । तर उनलाई ‘पाकिजा’ र ‘रजिया सुल्तान’ का लागि बढि चिनिन्छ । -

No comments:

Post a Comment