Wednesday, May 31, 2017

प्लास्टिकमा राखेर नवजात शिशु फाल्ने १७ बर्षिय अबिबाहित किशोरी पक्राउ

सल्लेरी । कलेज पढ्ने एक अविवाहित किशोरीले अवैध यौनसम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्दा पुलिसको फन्दामा परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् । सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो । - कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शिशु कस्को हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताउनुभयो । थप तथ्य अनुसन्धान पछी पत्ता लाग्ने छ | -

No comments:

Post a Comment