धनकुटा । धनकुटा नगरपालिकाको छुट्टाछट्टै स्थानमा आज बेवारिसे अवस्थामा दुई शव फेला परेका छन् । धनकुटा नगरपालिका–२ भिरगाउँमा अन्दाजी ३५ वर्षीय एक युवाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बेवारिसे अवस्थामा फेला परेको शवको नाम वतन खुल्न सकेको छैन । यसैगरी धनकुटा नगरपालिका–१० मूलघाटका ३९ वर्षीय लोकबहादुर कार्की साँगुरीगढी गाउँपालिकास्थित तमोर नदी किनारामा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
-
No comments:
Post a Comment