Wednesday, May 31, 2017

विदेशी जेलमा नेपालीहरू, १७ जनालाई मृत्युदण्ड, ४३ जनालाई जन्मकैदको सजाय

काठमाडौं। रोजगारीको शिलशिलामा बिदेशीएका नेपालीहरु विभिन्न देशमा ३१८ जना विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ । यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गराउनुभयो । भारतबाट भने विवरण आउन बाँकी रहेको छ । -

No comments:

Post a Comment