Friday, May 26, 2017

भरतपुर ताजा अपडेटः एमाले उम्मेदवारले ज्ञवालीको जित सुनिश्चित भयो

चितवन – भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् । हिजो वडा नम्बर १५ को मत गणना सकिदा मतान्तर एक हजार २३५ मा झरेको थियो । मंगलबारसम्म देवि ज्ञवाली रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अगाडि थिए । तर बुधबारबाट मतान्तर लगातार घटेको घट्यै गर्यो । जुन आज केही सुधारको अवस्थामा छ । तर एमालेको राम्रो मत आउने वडाका मतगणना सकिएका कारण मतान्तरमा एमालेले अब उल्लेख्य सुधार गर्ने सम्भावना कम छ । -

No comments:

Post a Comment