Saturday, May 27, 2017

सद्भावनाका महान्त्रीसहित चार सय कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका करिब चार सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजपाको एक घटक महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सहमहामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा ४ सय भन्दा धेरै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सर्लाहीको इश्वरपुरमा शनिवार आयोजित चुनावी सभामा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नव प्रवेशीहरुलाई अबिर र माला लगाएर आफ्नो माओवादीमा भित्राएका थिए । कार्यक्रममा नेता कुशवाहाले मधेशवादी दलहरुबाट मधेशको हित हुने सम्भावना नदेखेपछि माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।उनले मधेशको प्रगतिको लागि चुनाव अपरिहार्य रहेको भन्दै अब जुनकुनै हालतमा चुनाव सफल पार्न लागि पर्ने स्पष्ट पारे ।

No comments:

Post a Comment