Tuesday, May 30, 2017

- ३ दिन मै फेरी अर्को दुखत खबर - बाजुरामा नेपाली सेनाको बिमान दुर्घटना, पाइलट घाइते - पुरा समाचार पढ्नुहोस > {फोटो सहित}

काठमाडौँ | आज फेरी बाजुरामा नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो । बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ । खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो । अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ । घटनामा एक महिला को पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । -यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

No comments:

Post a Comment