Tuesday, May 30, 2017

गरिबी वा मानवीयताको अन्त्य ? बर्षौ देखि बन्दकोठामा मलमुत्रसंगै सुँगुर सरह राखिएको २७ बर्षिय महिलाको उद्दार (फोटो सहित)

इटहरी | मानिसमा मानबियता हराएको वा गरिबीको पराकस्टता हो ! यस्तै एउटा घटना घटेको छ यहाँ | वर्षौदेखि एउटा कोठा भित्र बन्धक अवस्थामा जीवन विताई रहेकी इटहरीकी भरना चौधरीकाे उद्धार गरी जिल्ला अस्पताल इनरुवा लगिएकाे छ । मानव अधिकारकर्मीको समुहले उनलाई उद्धार गरी उनलार्इ अस्पताल लगिएकाे हाे । जन्म देखिनै मानसिक अवस्था ठीक नभएकी उनका बुबा आमाले विभिन्न अस्पतालमा लगेर उउनलार्इ रेखदेख गर्दै अाइरहेकी उनकी फूपुकी छोरी रिना चौधरीका अनुसार ‘२/३ वर्षदेखि लुगै लाउन छाडे पछि कोठाबाट बाहिर निस्कन नदिकाे बतार्इन् । दिशा, पिसाव, खान सबै एकै कोठामा भएर पनि लामो समय विताई रहेकी भरना अहिले २७ वर्षकी भइन् । मानव अधिकार संजाल सुनसरी, राष्ट्रिय मानव अधकिार आयोग, इन्सेक, पहल नेटवर्क लगायतका मानव अधिकारकर्मीहरूको समुहले उनलाई उद्धार गरेकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार उनलाई उपचारको लागि इनरुवा लगिएको बताए । -

No comments:

Post a Comment