Saturday, May 27, 2017

फैँलिदा जिका भाइरसको संक्रमण, तीन गर्भवती महिलामा पनि देखियो,

एजेन्सी- भारतमा तीन गर्भवती महिलामा जिका भाइरस फेला परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको बताइएको छ । अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको तथा केही समयअघि मात्र संक्रमणमुक्त घोषणा गरिएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग मध्य अफ्रिकी देशबाट फैलिएको र ब्राजिल हुँदै कोलम्बियाका नागरिकमा संक्रमित भइसकेको बताइएको छ । अन्तराष्टिय मिडियाका अनुसार बिशेष गरी यो रोगको कारणबाट नवजात शिशु संक्रमित हुने हुँदा कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील गरेको बताइएको छ । . -

No comments:

Post a Comment