Tuesday, May 30, 2017
राजपा नेपालले थालेको आन्दोलनले तराईमा फेरि हिंसात्मक गतिविधि बढ्ने चिन्ता
बर्दिबास,१७ जेष्ठ | राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका बेला मधेसका जिल्लामा राजपा नेपालले थालेको आन्दोलनले तराईमा फेरि हिंसात्मक गतिविधि बढ्ने भन्दै स्थानीय चिन्तित देखिएका छन् ।
निर्वाचन आयोगले दल दर्ता गरेर निर्वाच चिह्न दिनुपर्ने, जनसंख्याको आधारमा स्थानीय तह बढाउनुपर्ने, दोस्रो स्थानीय निकायको चुनाव हुनुभन्दा पहिले संविधान संशोधन हुनुपर्नेजस्ता माग अघि सारेर राजपाले आन्दोलन थालेको छ । बीस वर्षपछि हुन लागेको स्थानीय निकायको चुनावले नागरिक खुसी भएर कुन पार्टी र कस्ता उम्मेदवारलाई भोट दिने भनेर सोचिरहेका बेला मसाल जुलुस र लाठी जुलुसले फेरि पनि चुनाव नहुने हो कि भन्ने चिन्ता बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment