Tuesday, May 30, 2017
एमाले सहमतिमा नआए बहुमतको सरकार बनाउँछु : शेर बहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार बनाउन नसके आफ्नै नेतृत्वमा बहुमतिय सरकार गठन गर्ने बताएका छन् । सहमतीय सरकारको गठनका लागि भन्दै बिहान बसेकोे सर्वदलीय बैठकपछि पत्रकारसंग देउवाले सहमतिको प्रयास हुने र नभए आफ्नै नेतृत्वमा बहुमतिय सरकार गठन हुने बताए ।
देउवाले सर्वदलिय बैठकमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न अरु दललाई पनि आग्रह गरे । तर बैठकमा प्रुमख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागि भएन । देउवाको नेतृत्वलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने भएपछि सहमतीय सरकारको सम्भावना लगभग सकिएको छ
- puf
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment