Friday, May 19, 2017
जीवनभर भतभत्ती पोल्नेछ प्रधानमन्त्री प्रचण्डलाई यीनको आँशुले !
काठमाडौं । ०७२ साल भदौ ७ गते सोमबार टिकापुरमा नरसंहार मच्चाई प्रहरी,वालक सहित निर्दाेष नेपालीलाई मार्ने अपराधीलाई प्रचण्ड सरकारले माफी दिने निर्णय गरेपछि कानुनी वृत्तमा हलचल मच्चिएको छ ।काुननी राज्य र कानुनी शासनको खिल्ली उडाँउदै प्रचण्ड सरकारले टिकापुर नरसंहारका अपराधीलाई उन्मुक्ति दिने निर्णय हिजोको मन्त्रिपरिषद्को वैठकले गरेको हो । सो आन्दोलको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र दुई वर्षीय एक बालकको आन्दोलनकारीहरुले निर्ममतापूर्वक हत्या गरेको थियो ।
त्यस्तै सोही क्रममा नेपाल प्रहरीका इन्सपेक्टरहरु बलराम बिष्ट र केशव बोहोरालाई समेत उनीहरुले मारेका थिए । त्यस्तै नेपाल प्रहरीकै २ जना जवानहरु लक्ष्मण खड्का र लोकेन्द्र चन्द पनि मारिए । त्यसैगरी सशस्त्र प्रहरीका हवल्दारहरु रामबिहारी चौधरी र ललित साउदको पनि हत्या गरियो । सो घटनामा ८ जनाको ज्यान गयो भने ४२ भन्दा बढी प्रहरी घाइते भएको थिए । सशस्त्र प्रहरीका हवल्दार रामबिहारी चौधरीलाई जिउँदै जलाइएको थियो, एसएसपी न्यौपानेलाई अंगभंग गरी मारिएको थियो भने २ इन्सपेक्टरहरुको घाँटी रेटिएको थियो । तत्कालै नेपाल सरकार वादी भएको मुद्दा अदालतमा पेश गरिएको थियो, जुन अहिलेसम्म विचाराधीन नै छ ।
-
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment