Saturday, May 20, 2017
मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु
राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।
घाइते उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ ।
सप्तरीमा बम विस्फोट
त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ ।राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।
घाइते उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ ।
सप्तरीमा बम विस्फोट
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment