Saturday, May 20, 2017
मेयरको विजय उत्सवले मृत्युको मुखमा पुर्यायो
जाजरकोट : जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–४ मा चुनाव विजय भोज खाएर घर फर्कने क्रममा बाटोमै एक जनाको मृत्यु भएको छ । भिरालो बाटोमा हिड्ने क्रममा शुक्रबार राति लडेर मृत्यु भएको हो । तर शनिवार बिहानमा उहाँ लडेको स्थानीयले थाह पाएका थिए ।
त्रिवेणी नलगाड नगरपालिका नव निर्वािचत मेयर टेकबहादुर रावललले लहँको खालचौरमा शुक्रबार आयोजना गरेको विजय भोज खाएर घर फर्कने क्रममा त्रिवेणी नलगाड नगरपालिका–४ पिपलचौरका ३९ वर्षीय मानबहादुर वलीको लडेर मृत्यु भएको प्रहरी श्रोतले बताएको छ । शुक्रबार बेलुका लडेर वलीको मृत्यु भएको भएता पनि शनिबार विहान मात्र वलीका आफन्त र नेपाल प्रहरीलाई जानकारी भएको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment