Sunday, May 21, 2017

4 hrs · सुनिल ग्रोवर काूननी विवादमाः धोका र आपराधिक षड्यन्त्र रचेको आरोप.......See more at

जेठ ७ – कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको लडाईंबारे हामीमध्ये धेरैलाई थाहा छ । तर सुनिल ग्रोवर अब नयाँ विवादमा फसिरहेको देख्न सकिन्छ । वास्तवमा ‘द कपिल शर्मा शो’ छोडेपछि सुनिल भारतका विभिन्न राज्यमा लाइभ शोमार्फत आफ्नो प्रस्तुती दिइरहेका छन् । अहिलेसम्म सुनिलले दिल्ली वडोदरा र दुबईजस्ता स्थानमा कार्यक्रम गरेका छन् जसमा उनको कामलाई निकै प्रशंसा पनि गरिएको छ तर मे २७ तारिखमा अहमदाबादमा हुन लागेको सुनिलको कार्यक्रमले भने उनको लागि समस्या निम्त्याएको छ । खबरका अनुसार अहमदाबादका एक इभेन्ट अर्गनाइजर राजपाल शाहले सुनिल ग्रोवर र उनका शो अर्गनाइजर देवांग शाहविरुद्ध धोका र आपराधिक षड्यन्त्र रचेको आरोप दर्ता गरेका छन् । वास्तवमा सुनिलले मे २७ तारिखमा हुन लागेको कार्यक्रम सबैभन्दा पहिले इभेन्ट अर्गनाइजर राजपाल शाहमार्फत गराउने वचन दिएका थिए तर अहिले भने उनले आफ्नो सम्झौताको उल्लंघन गर्दै कार्यक्रम गर्न अस्विकार गरेको राजपालले आरोप लगाएका छन् । उनले भने, ‘२७ तारिखमा नै उनले एक अर्का इभेन्ट अर्गनाइजरमार्फत कार्यक्रमको आयोजना गर्दैछन् । यसरी उनले धोका र आपरधिक षड्यन्त्र रचेका छन् ।’ यराजपाल शाहका अनुसार अर्का इभेन्ट अर्गनाइजरले उनलाई धेरै पैसा दिइरहेका कारण उनले पहिले वचन दिएको कार्यक्रम छोडेका बताउँदै यो सहि नभएको बताएका छन् ।

No comments:

Post a Comment