Wednesday, August 2, 2017
चलचित्र “म यस्तो गीत गाउँछु”ले व्यापारमा हंगामा मच्चाएपछि पूजा शर्माले गरिन अर्को चलचित्र बनाउने निर्णय
‘प्रेमगीत’ चलचित्रबाट पूजा शर्मा नायिकाको रुपमा उदाइन् । उनै पूजालाई असार ३० गतेबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले निर्मात्रीको रुपमा पनि सफल बनाइदियो । पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी पूजालाई सफलता मिल्यो । नेपालमा कमै मात्र नायिकाहरु निर्मात्रीको रुपमा सफल रहेका छन् । औलामा गन्न सकिने सफल निर्मात्रीको रुपमा पूजा पनि परेकी छिन् । के उनी अब आफै चलचित्र निर्माण गरेर अभिनय गर्ने सोचमा छिन् कि अन्य ब्यानरमा पनि काम गर्छिन् ? उनीसँग गरेको ५ प्रश्न :
१. नयाँ चलचित्र बनाउने योजना छ कि छैन ?
-अवश्य पनि छ । अब, म निरन्तर चलचित्र निर्माण पनि गर्छु । नयाँ चलचित्र बनाउने सोचमा छु ।
२. अब, नयाँ चलचित्र कहिले हेर्न पाउने दर्शक हरुले ?
-केही महिनामा नै नयाँ चलचित्रको घोषणा हुनेछ । यसपटक पनि निर्देशक सुदर्शन थापा र मेरै लगानीमा नयाँ चलचित्र बनाउँछौ ।
४ . कस्तो महशुश हुँदैछ अहिले, पहिलो चलचित्रमै लगानी गरेर सफल हुनुभयो ?
-एकदमै रमाइलो लागिरहेको छ । दर्शकले जुन तरिकाले माया दिनुभयो, त्यसले उत्साहित बनाएको छ । सम्पूर्ण दर्शकलाई धन्यवाद दिन चाहन्छु ।
५ . अब दर्शकहरुले कस्तो चलचित्र हेर्न पाउछन ?
-स्विजरल्याण्डका रमणिय दृश्यमा दर्शकलाई प्रेमको महशुस गराउन मन लागेको छ । प्रेमकथा नै बनाउँछु, तर भिन्न शैलीको । मलाइ जुन दर्शकहरुले दिनुभएको माया र विश्वासका कारण म आज यहाँ छु, म उहाँहरुको भरोसा तोड्न चाहन्नँ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment