Monday, August 7, 2017

#Breaking News लागु औषध कारोबारमा संलग्न खत्री ललितपुरको कुसुन्तीमा प्रहरी इन्काउन्टरमा मारिए,हेर्नुहोस (फोटो/भिडियो सहित)

काठमाडौं । सोमबार दिउसो ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’’मा एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो। प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । उनले दुवै हातमा पेस्तोल बोकेका थिए | प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली कन्चडमा हाने थाहा छैन ।’ एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट तीन तलाबाट हामफालेका खत्री भाग्ने प्रयास गरे । प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् । एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ ।

No comments:

Post a Comment