Thursday, August 10, 2017
ओलीले भन्नुभयो, 'धृतराष्ट्र त दृष्टीविहीन थिए । उनले नातागोता भित्रैको सहयोगी खोज्नु स्वभाविक हो, प्रचण्डलाई त पीए पनि आफ्नै चाहिने, मेयर पनि आफ्नै चाहिने ।'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले पहिलो र दोस्रो चरणको निर्वाचनले व्यवहारिक रुपमै एमाले पहिलो पार्टी भइसकेकाले अरु कसैले प्रतिष्पर्धा गर्न नसक्ने दाबी गर्नुभयो । तराई मधेशमा एमाले प्रति नकारात्मक भ्रम फैलाइएको भन्दै उहाँले यसले आफुहरुलाई कुनै फरक नपर्ने बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जमिनदारी हैकम चलाइरहेको आरोप लगाउनुभयो । दाहालले भरतपुर महानगरपालिकाको प्रमुखमा छोरीलाई जिताउन अनेक प्रपञ्च गरेको उहाँको आरोप थियो । दाहालमा नातावाद कृपावादको मोह महाभारतका धृतराष्ट्रमा भन्दा पनि धेरै रहेको आरोप लगाउदै ओलीले भन्नुभयो, 'धृतराष्ट्र त दृष्टीविहीन थिए । उनले नातागोता भित्रैको सहयोगी खोज्नु स्वभाविक हो, प्रचण्डलाई त पीए पनि आफ्नै चाहिने, मेयर पनि आफ्नै चाहिने ।' ओलीले माओवादी पार्टीमा अब केही बाँकी नरहेको र केन्द्र मात्र बाँकी रहेको तर्क गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गणेशकुमार अधिकारी सहित तीन सय कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment