Thursday, August 10, 2017
यसकारण अब नेपालबन्द हुदैन ! बन्द वा चक्काजाम गरे तीन वर्षसम्म कैद सजाय(भिडियो सहित)
काठमाडौँ,२६ साउन | नेपालको विकासलाई रोक्ने कारक तत्व मद्य नेपालबन्द,चक्काजाम बन्द हड्ताल प्रमुख हुन् | तर अब चक्काजाम वा बन्द अब कानुनी रुपमै कसुरजन्य क्रियाकलाप हुने भएको छ। बन्द वा चक्काजाम गरे तीन वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधानसहितको मुलुकी अपराध संहिता विधेयक २०७४ संसदले बुधबार सर्वसम्मतिले पारित गरेको छ। विधेयकको दफा ६७ मा सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने शीर्षकमा यस्तो व्यवस्था गरिएको छ।
उपदफा (१) मा कसैले सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हूलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा पुर्याउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन भनिएको छ।उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। यो ऐन आगामी वर्ष भदौ १ गतेदेखि मात्र लागू हुनेछ।
पुरा भिडियो हेर्नुहोस्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment