Friday, August 11, 2017

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु,

सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ । स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले चिर्पट प्रहार गर्दा बल्खुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सोही नगरपालिकाको फत्तेपुरस्थित ओम साई मनकामना अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । चिर्पट प्रहार गर्ने बलरामलाई भने इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ

No comments:

Post a Comment