Friday, August 4, 2017

तिमी नेवार हौ,म बाहुनकी छोरी तैपनि हामी अलग हुनु हाम्रो दोष होइन, दोषी त समाज भैदियो(भिडियो सहित

यस्तो होला भन्ने त मैले पनि सोचेकी थिइन । विश्वस्त थिएँ, म पनि तिमी जस्तै छुु । गल्ती सायद मेरै भयो । गल्ती भनँु कि कर्तब्य, तर हामी अलग्गिनु पर्छ भन्ने चाँही लागेकै थिएन । म बाहुन कि छोरी, तिमी नेवारको छोारा । के भो त ? मान्छे हौँ हामी । यही यौटा भावनामा त हाम्रो सम्वन्ध कती सुमधुर थियो । फर्केर हेर्दा त यति धेरै वर्ष भएछ । त्यो कलेज, त्यो कलेजको बाक्केट बल खेल्ने मैदान अनि त्यो नियमित खाजा खाने चमेनागृह । यति मात्र कहाँ हो र ? कलेजमा बिताएका रमाईला क्षणहरु पनि छन् नी हामीसंग । कति छिटो बित्यो ? अहँ थाहा नै छैन मलाई त । हेर्दा हेदै जागिरे भैसके छौ । बिबिएस र बिजनेश ब्याङकिङ जता पनि राम्रो छ भन्दै बाबाले सम्झाएको कुरा अहिले पनि सम्झान्छु । भर्खर उच्च शिक्षा सक्दा । जम्मा आठ बर्ष अघि त हो । मैले वाणिज्य बैँकमा काम पाएको कुरा त थाहा पायौ होला । अँ साँच्ची राम्रो छ मेरो जागिर । राम्रो जागिर, राम्रो तलव खुशी नै छु । अरु के भन्न सक्छु र ! सम्झौता त दुवैले गरेका थियौँ । यति कुरा मनमा खेलाउँदा खेलाउँदै रातिको आठ बजिसकेछ । मनमा प्रश्न भने उत्तिकै । पुरा भिडियो हेर्नुहोस्

No comments:

Post a Comment