Thursday, August 3, 2017

म किरॉती चेली हु, क्रिष्टियन हैन तर सबै धर्म प्रति मेरो सम्मान छ ! अहिले जुन सामाजिक संजालहरुमा फैलिएको हल्लाहरू छन् त्यो हल्लाको पछाडि नलाग्न मेरो सम्पूर्ण शुभचिन्तकहरूलाई आग्रह गर्दछु : प्रमिला राई 'नेपाल आइडलकी टप ८ प्रतिष्पर्धी' (फोटो सहित)

काठमाडौ, १९ साउन । हिजो आज प्रमिला राई एक निक्कै चर्चित नाम हो । नेपालमा भईरहेको पहिलो अन्तरास्ट्रिय फ्रेंजाइज रियालिटी शो नेपाल आईडलमा हजारौ प्रतिस्पर्धिहरुलाई पछि पार्दै शिर्ष ८ स्थानमा पुग्न सफल भएकी गायिका हुन् प्रमिला राई । नेपालमा हुने प्रायजसो प्रतियोगिताहरु विवादरहित भने हुन सकेको छैन । यसैलाई निरन्तरता दिदै नेपाल आईडल भित्र पनि केहि साना-ठूला विवादहरु सामाजिक संजालमा देखिदै आई रहेको नै छ । केहि दिन अगाडी देखि, नेपाल आईडलको शिर्ष ८ स्थानमा पुग्न सफल गायिका प्रमिला राईको बारेमा पनि सामाजिक संजालमा विवादहरु आई रहेका छन् । क्रिश्चियन धर्म मान्छिन् प्रमिला राईले भन्ने विवाद सामाजिक संजालमा आएसंगै हामीले यसको वास्तविक तथ्य बुझ्न गायिका प्रमिला राई संग सम्पर्क गरेका थियौ ।पुर्ख्यौली थलो पाँचथर रहेको, गायिका प्रमिला राईको घरमा दुई दाजु, ३ दिदी-बहिनि र आमा छन् । प्रमिलाको बाबा पहिले नै स्वर्गवास भईसक्नु भएको हो । तिन दिदी-बहिनी मध्यको प्रमिला माहिली छोरी हुन् । अहिले काठमाडौमा बस्दै आएकी प्रमिला सानै देखि गीत गाउन रुचाउने गर्थिन् ।

No comments:

Post a Comment