काठमाडौं, १८ साउन
पर्सा : वीरगंज महननगरपालिका–१७ अलौ बस्ने ७० वर्षीया रब्जुनी खातुन घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छन् ।
सिराहा : सिराहा नगरपालिका–६ बसभिट्टा बस्ने रामप्रकाश महराको छोरी ७ वर्षीया पिरतिकुमारी महराको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–१२ बेल्हास्थित मामाघर गएको अवस्थामा स्थानीय खोप पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
No comments:
Post a Comment