Thursday, August 10, 2017

डा. केसीको अनशन १८ औं दिन हुँदा समेत सरकारीस्तरबाट समस्या समाधानका लागि छिटपुट वार्ता बाहेक केही नभएको भन्दै उनीहरुले भोलीबाट देशै भरका अस्पतालमा आकस्मिक बाहेकका कुनै पनि सेवामा सहभागी नहुने निर्णय गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनमा सरकार उदाशीन देखिएको भन्दै सरकारी चिकित्सकहरुले भोलीबाट सेवा बहिस्कार गर्ने भएका छन् । डा. केसीको जीवन रक्षाको अपिलसहित गत मंगलवार कालोपट्टी बाँधेर काम गरेका उनीहरुले आज १० बजेदेखि एक घण्टा सेवा बहिस्कार गरेका थिए । डा. केसीको अनशन १८ औं दिन हुँदा समेत सरकारीस्तरबाट समस्या समाधानका लागि छिटपुट वार्ता बाहेक केही नभएको भन्दै उनीहरुले भोलीबाट देशै भरका अस्पतालमा आकस्मिक बाहेकका कुनै पनि सेवामा सहभागी नहुने निर्णय गरेका हुन् । सरकारी चिकित्सक संघ गोदानको आज बसेको आकस्मिक बैठकले देश भरिका सम्पूर्ण सरकारी अस्पतालमा आकस्मिक बाहेकको कुनै पनि स्वास्थ्योपचारमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पूर्ववत भर्ना भएर बसेका बिरामीको उपचार तथा सहयोगका लागि भने ओपीडी सेवा सञ्चालन गर्ने पाण्डेको बिज्ञप्तिमा उल्लेख छ । यसैबीच, स्वास्थ्य सचिव किरण रेग्मीले डा. केसीको अनशन थप केही दिन लम्बिए उहाँ अपाङ्ग हुनसक्ने बताउनुभएको छ । केसीको उपचारमा संलग्न चिकित्सकहरुसँगको छलफलपछि सिंहदरवारमा महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा सहभागी भएकी रेग्मीले केसीको अवस्था चिन्ताजनक रहेको बताउनुभएको हो ।

No comments:

Post a Comment