Thursday, August 10, 2017

प्रहरी “इन्काउण्टर”मा मारिएका प्रविणको यसरी भयो दाहसंस्कार[भिडियो सहित]

प्रहरी इन्काउण्टरमा मारिएका ललितपुर–१३ कुसुन्तीका ३२ वर्षीय प्रविण खत्रीको बुधवार दाहसंस्कार गरीएको छ । सोमबार दिउँसो उनी प्रहरी कारवाहीका क्रममा मारीएका थिए । हातहतियार राखेको र लागू औषधको कारोवारी भएको भन्दै प्रहरी “इन्काउण्टरमा” उनी मारिएका थिए । उनलाई कञ्चटमा गोली लागेको छ । सो गोली प्रहरीले प्रहार गरेको हो वा प्रविण आफैले हानेका हुन भन्ने विषयमा अझै निक्यौल हुन सेकेको छैन । प्रहरी कार्वाहिको क्रममा प्रहरीले पनि दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ । प्रहरीलाई देखेर हातमा भएको पेस्तोलवाट प्रहरी तर्फ प्रहार गर्दै भागेका प्रविणलाई प्रहरीले पनि जवाफि फायर गरेको जनाएको छ । प्रहीरीले प्रविण आफै अत्तालिएर कञ्चटमा गोली हानेको बताउंदै आएको छ । प्रविणको पोष्टमार्टम काठमाण्डौ स्थित टिचिगं अस्पतालमा गरिएको छ । त्यसको रिपोर्ट आउन बांकी नै छ । प्रविणका आफन्तले प्रहरीले नियोजित ढंगले मारेको भन्दै प्रहरीमा उजुरी दिन गएका छन् । तर प्रहरीले जाहेरी दर्ता समेत नगरेको प्रविणका आफन्तले बताएका छन् । यसरी भयो प्रविणको दाहसंस्कार भिडीयोमा

No comments:

Post a Comment