Saturday, August 5, 2017

के हो टेस्टोनी ? कतै हाम्रो फेसबुक ह्याक त भैरहेको छैन ?

अहिले फेसबुकमा एउटा कुरा भाईरल भईरहेको छ । फेसबुकमा अनुमानित भविष्यवाणी गरिहेको टेस्टोनी डट कम नामक वेवसाइट (एप) ले फेसबुक प्रयोगकर्ताहरुलाई हसाइरहेको छ । माया प्रेम, विवाह, धन सम्पति देखि पार्टीगत कुराहरुको विषयमा समेत अनुमानित गरेर फेसवुक प्रयोगकर्ताहरुलाई रमाइले दिईरहेको छ । हात फेसबुकमा सबैभन्दा धेरै पोष्ट भएको कुरा पनि यीनै हुने । एप्लिकेसनले भविष्यवाणी गर्नु भनेको हाम्रो फेसबुकसँग सिधै सम्पर्क गर्नु हो । जसले हाम्रो फेसबुक एकाउण्टका पार्सवार्ड देखि गोप्य कुराहरु पनि उनीहरुको निगरानीमा जान सक्छ । जसले ह्याकरलाई हाम्रो जानकारी बेच्न पनि सक्छ । मनोरञ्जनको लागि हेरिएको यो चिज आफैका लागि घातक पनि हुन सक्छ । कुनै तथ्यपरक नभए पनि मानिसलाई झुक्याईरहेको छ टेस्टोनीले । यो सँगै के हाम्रो जानकारीहरु पनि बेच्ने त होइन ? एक पटक सोच्ने बेला आएको छ। यो भन्दा पहिले पनि यस्तो घस्तो घटना नघटेका होइनन् । विश्व चर्चित ह्याकहरुले पनि यस्तै उपाय अपनाउँदै व्यक्तिगत फेसबुक एकाउण्टहरु ह्याक गर्दै आएको छ

No comments:

Post a Comment