Monday, September 11, 2017

भाेलि मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । यो समयमा तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।

बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित) अनलाइनखबर 0 प्रतिक्रिया 3.3K SHARES Facebook Twitter Email २६ भदाै, काठमाडौं । भाेलि मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ । तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ । त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । बढेको छैन भाडादार यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै गत माघमा सार्वजनिक सवारीको भाडा घटाएको थियो । तर, अहिले पनि त्यसअघिकै भाडादरमा रकम अशुल्ने क्रम रोकिएको छैन । त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । ‘यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्नु हुँदैन’ प्रवक्ता पाण्डेले भने, ‘बढी भाडा तिर्दा त्यसरी ठग्ने प्रवृत्ति मौलाउँछ । त्यसैले नागरिकले सचेत हुनुपर्छ । ‘ अनुगमन हुन्छः विभाग विभागले दशैंका समयमा अनुगमन गर्न योजना बनाएको छ । विभागले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना बनाएको हो । विभागले गतवर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यात्रु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुन सक्दैनथ्यो । ठग्नेलाई जरिवानाको चेतावनी यो वर्षभने अनुगमनलाई सशक्त बनाएर बढी भाडा लिने सवारीविरुद्ध कडा बन्ने विभागको योजना छ । यस्तै लामो दुरीका सवारीमा सिटबाहेकमा यात्रु राख्न पनि नदिइने पाण्डेले बताए । ‘बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्छाैं ’ प्रवक्ता पाण्डेले भने,’ट्राफिक प्रहरीको सहयोगमा हामी अनुगमन र कारवाहीलाई तीव्र बनाउनेछौं ।’ नागरिक सहायता कक्ष राखिने दशैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनहरुको अनुगमन र यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहनेछन् । सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ । कति छ देशभरको भाडादर ? बिपी हाइवेको भाडादर

No comments:

Post a Comment