Monday, September 11, 2017
दशैँमा कुन ठाउ जान कति भाडादर रहेको छ ?केके समान कसरी बोक्न पाइन्छ/तोके अनुसार नभए कति जरीवाना ? थाहा पाउनुहोस्,ठगिन बाट जोगिनुहोस(भाडादर सुचिसहित)
काठमाडौं,२६ भदौ | दशैंमा काठमाडौं बाहिर जानेका लागि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् । सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको पाइए कडा कारवाही गर्ने प्रहरीले जनाएको छ ।
यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।
सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो ।
“दशैंको मौका पारेर मनपरी भाडा लिने सवारीसाधनको निगरानीका लागि हामीले अनुगमन टोली गठन गरी फिल्डमा पठाइसकेका छौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बाह्रखरीसँग भने, “सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु. ५ हजारसम्म जरिवाना गर्नेछौं ।”
यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ ।
“विगत दुईदिन यता हामीले तोकिएभन्दा बढी भाडा लिने १६ सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, “हामीले यस्तो मनपरीतन्त्र नियन्त्रणका लागि सादापोशाकमा समेत कर्मचारी खटाएका छौं ।”
हेरौं यातायात व्यवस्था विभागले तोकेको भाडादर कहाँ पुग्न कति भाडा लाग्छ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment