Monday, September 11, 2017

मन्त्रीको भन्दा नुनतेल र गाजरको मूल्य धेरै – ओली

२७ भदौ २०७४ । नेकपा एमाले अध्यक्ष केपी ओलीले हालै बनेको देउबा नेतृत्व जम्बो मन्त्री मन्डलको आलोचना गर्दै नेपालमा मन्त्रीको भन्दा नुनतेल र गाँजरको मूल्य महँगो हुँदै गएको बताएका छन् । मन्त्री हुन गर्व गर्न लायक नभएको बरु यो पदको अबमूल्यन भएको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् बनाएप्रति व्यंग्य गर्दै ओलीले आलोचना गरेका हुन् । ‘बरु अहिले बजारमा गाजर र नुनतेलको भाउ बढेको छ । तर, मन्त्रीको भाउ घटिरहेको छ’ पूर्वराष्ट्र सेवकलाई सोमबार पार्टी प्रवेश गराउँदै ओलीले भने, ‘मन्त्री हुँदा त मान्छे खुसी बनून् ।’

No comments:

Post a Comment