Sunday, September 17, 2017

नुवाकोटमा घरमै बसेर तलव खाने शिक्षकलाई दल्‍यो अखिल क्रान्तिकारीले कालोमोसो(भिडियो सहित)

नुवाकोट,०१ असोज । दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई घरमै बसेर तलब बुझेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले कालोमोसो दलेका छन् | यस्तै चेलीबेटी बेचबिखन रोक्ने र राम्रो शिक्षा दिक्षा दिनुको साटो बिद्यालय नगएर त्यहाका सोझा अशिक्षित जनताका अधिकार माथि ठुलो कुठाराघात गरेकाले चेतावनीस्वरूप कालोमोसो दलेका हौ, अब पनि नसुध्रिए नैतिक कारवाही मात्र नभएर भौतिक कारवाही गर्न पनि पछि पर्दैनौ, अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष प्रपोजलद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ । अखिल क्रान्तिकारीको माउ पार्टी नेकपाले भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा यस अघिनै गरिसकेको थियो । पुरा भिडियो हेर्नुहोस्-

No comments:

Post a Comment