Monday, September 11, 2017

बिरगंज मेयरको विद्घान युवा उमेदवार अन्सारी को हुन ? नेपाललाई सम्पन्न बनाउन उनको भिजन यस्तो छ,

एच.बी ताम्राकार , जापान । रहबर अन्सारी, यतिबेलाको चर्चित नाम हो। रहबर अन्सारीलाइ माओवादी केन्द्रले बिरगंज महानगरपालिकाको मेयरको उमेदवार बनाएपछी उनको चर्चा झन् एकाएक चुलिएको हो। ३१ बर्षिय मुस्लिम युवा रहबर वीरगन्जस्थित गण्डक अस्पतालका निर्देशक हुन।रहबर माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र माअोवादी आवद्ध मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्। उनि भन्छन ‘ माओवादी पार्टीसँग अन्सारीको साइनो सात वर्षअघि जोडिएको हो। मलाई नेपालमा शोषित पीडित जनताका लागि माओवादीले लिएको बाटो सही छ भन्ने लाग्थ्यो, विचार मिल्नेसँग सम्पर्क बढ्दै गएपछि पार्टीको सदस्यता लिएँ।’ रहबर २०४३ सालमा काठमाडौंमा जन्मिएका हुन्। अन्सारीका बुवा ए ई अन्सारी सरकारी डाक्टर थिए। काठमाडौंमा जन्मेका अन्सारी बुवाको सरुवा जताजता भयो त्यतैत्यतै गएर पढे। काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए। दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके। ‘ब्याचलर्सपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरें, डेढ वर्ष जति त्यहाँ काम गरेपछि अाफैं गण्डक अस्पताल सुरु गरें’, अन्सारीले भने। हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर सकेर आएका छन।वीरगन्ज परिवारको नाममा रहेको जग्गा र एक तले घरमा सात वर्ष अघि उनले १० बेडको अस्पताल सुरु गरेका थिए। बुवा डाक्टर भए पनि उनले कहिल्यै छोराको अस्पतालमा काम गरेनन्। अहिले पनि उनका बुवा काठमाडौंको मेडिकेयर अस्पतालमा ‘फुल टाइम’ काम गर्छन्। ‘गण्डक अस्पताल मेरै बुतामा बनाएको हुँ’ उनले भने, ‘ बुवा बेलाबेलामा हेरेर फर्किनुहुन्छ।’ अहिले गण्डक अस्पताल ६० बेडको छ भने १०० बेडको स्वीकृति पाइसकेको छ। अन्सारी वीरगन्ज रोटरीलगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध छन्। ‘हाम्रोमा काम गर्ने उत्साहभन्दा पनि सधैँ उमेर हेर्न थालिन्छ,’ अन्सारीले भने, ‘मेरो पढाइ र ८ वर्षदेखि अस्पताल चलाएको अनुभवको अाधारमा वीरगन्जको मेयर हाँक्न सक्छु भन्ने लाग्छ।’ वीरगन्जको रैथाने भएकाले यहाँका समस्यासँग परिचित भएको र बाहिरी संसारसँग पनि सम्पर्क रहेकाले आफूले वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्ने उनको तर्क छ। पछिल्लो समय मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्जका मतदातालाई आफूले कन्भिन्स गर्नसक्ने उनको दाबी छ। ‘मधेस केन्द्रीत दलले उग्र कुरा गरेर पहाड र मधेसबीच दुरी बढाउन खोजेका छन्’ अन्सारीले भने, ‘उनीहरुले अहिले भनिरहेको मधेस उत्पीडनमा पर्यो भन्ने कुरा माओवादीले उहिल्यै भनेको थियो। त्यस्तो उत्पीडन पहाडमा पनि छ। त्यो हटाउन भन्दै पहाड र मधेसबीच दुरी बढाउनु गलत हो।’अब आफूले यिनै कुरा लिएर वीरगन्जका मतदातासँग भोट माग्ने उनले बताए। वीरगन्जमा अर्को प्रमुख पार्टीबाट पनि मुस्लिम समुदायकै व्यक्ति मेयरमा प्रस्तावित छन्। प्रमुख प्रतिपक्षी दल एमालेले बसरुद्दीन अन्सारीलाई टिकट दिने लगभग निश्चित छ। संयोगवस बसरुद्दीन र रहबर दुवै चिकित्सा क्षेत्रमै काम गर्छन्। बसरुद्दीनको वीरगन्जमा नेशनल मेडिकल कलेज छ भने काठमाडौंमा पनि अर्को मेडिकल कलेज खोल्न त्रिविबाट हालै उनले विवादस्पद सम्बन्धन पाएका छन्। उनीहरूबीच पारिवारिक नाता भने छैन। वीरगन्जमा अस्पताल चलाइरहेका दुई अन्सारीले प्रतिस्पर्धी दुई प्रमुख पार्टीबाट मेयरको टिकट पाएपछि वीरगन्जको चुनाव रोचक बनेको छ। यो महानगरमा १५,००० भन्दा धेरै मुस्लिम मतदाता छन्। यी दुईको उम्मेदवारीले मुस्लिम भोट कति बाँडिन्छ भन्ने पनि चासोको विषय बनेको छ।

No comments:

Post a Comment