Friday, September 15, 2017

बजारमा नक्कली नोट भेटिन थाले

चाडबाड नजिकिएसँगै बजारमा नक्कली नोट देखिन थालेका छन् । बेंसीसहरको नारायणस्थान चोकस्थित फलफूल तथा तरकारी पसलमा बुधबार १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ । फलफूल तथा तरकारी पसलका सञ्चालक सञ्जिता अधिकारीसँग मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले साँझको बेलामा नक्कली नोटबाट रिचार्ज कार्ड किनेर ठगेका हुन् । २ सय रुपैयाँको रिचार्ज कार्ड र ८ सय लिएर ठगेको अधिकारीले बताइन् । त्यसैगरी जेठ २९ मा पनि बेंसीसहरको ओम डेभलपमेन्ट बैंकमा नक्कली नोट फेला परेको थियो । एक व्यवसायीले ५० हजार रुपैयाँ जम्मा गर्न ल्याउने क्रममा ५ सय रुपैयाँको नक्कली नोट भेटिएको थियो । त्यसैगरी केही महिनाअघि दोर्दी गाउँपालिका ८ टापगाउँमा पनि १ हजार रुपैयाँको नक्कली नोट फेला परेको थियो । स्थानीय सरस्वती गुरुङका अनुसार एक ग्राहकले सामान किन्ने क्रममा पसल सञ्चालकले उक्त नोट नक्कली भएको पत्ता लगाएका थिए ।

No comments:

Post a Comment