Sunday, September 10, 2017

यी दुई श्रीलंकन युवतीलाई बेच्न खोज्ने दलाल को हो त ? चिन्नुहोस(भिडियो हेर्नुहोस्)

काठमाडौं,२५ भदौ । यतिबेला सलोमी र जेनी आफ्नो देश श्रीलंका पुगिसकेका छन् । सायद उनीहरु अब कहिल्यै अमेरिका र क्यानडाको सपना देख्ने छैनन्, बरु नेपालमा रोएर बिताएका हरेक रातले उनीहरुलाई आफ्नै भूमिमा केही गर्न आत्मबल दिएको छ । धेरै नेपाली युवायुवती अमेरिका, युरोप र क्यानाडा जाने चक्करमा विश्वका विभिन्न देशमा बन्धक बनेका र दुःख पाएका कथा धेरै सुनियो । तर, दुई श्रीलंकाली युवतीको उद्दारपछि नेपाल प्रहरीले निष्कर्ष निकालेको छ- मानव तस्करको सञ्जालले नेपाललाई समेत ट्रान्जिट बनाउन थालेको रहेछ । २४ वर्षीया सलोमी पद्मनाभम् र ३४ वर्षीया जेनी सुसाइपिल्लाई श्रीलंकाको तमिल बाहुल्य अनुराधापुरममा व्युटीपार्लर चलाउँथे । मध्यमवर्गीय परिवारका यी तमिल युवतीलाई क्याडनामा सेटल हुने लोभले ३ महिनासम्म नेपालको एक होटलमा बन्धक बनायो ।

No comments:

Post a Comment