Sunday, June 4, 2017
गाईले गहु खाएको निहुमा झगडा गर्दा हेलिकप्टरमा काठमान्डौ आउनुपर्यो
गोरखा । गाईले गहुँ खाएको निहुँमा भएको झगडामा घाइते भएका स्थानीयको नेपाली सेनाको हेलिकप्टरमा उद्दार गरिएको छ। शनिबार गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ का स्थानीयबीच झगडा भएको हो।
सिप्चेत भन्ने स्थानमा झै-झगडा भएको खबर पाएपछि प्रहरी पुगेको थियो। स्थानीय वर्ष ५० का फुर्ता दोर्जेको गाईले साङदु लामाको गहुँ बाली खाइदिइको विषयलाई लिएर आपसमा झै-झगडा भएको थियो। साङदु लामाले फुर्ता दोर्जेलाई ढुङगा प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेर गम्भीर घाईते भएका प्रहरीले जनाएको छ।
-दोर्जेको उपचारको लागि नेपाली सेनाको हेलिकप्टर झिकाएर उपचारको लागि काठमाडाैं ल्याइएको छ। चावहिल स्थित मेडिकेयर अस्पतालमा उनको उपचार भैरहेको गोरखा प्रहरी कार्यालयले जनाएको छ। कुटपिट गर्ने व्यक्ति फरार रहेकाले प्रहरीले उनको खोजी कार्य गरिरहेको बताएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment