Tuesday, June 13, 2017
श्रीमानलाई सर्पले टोके लगत्तै आफ्नै श्रीमतीलाई पनि श्रीमानले टोकी मारे अनि आफु पनि मरे
सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ ।
भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो । बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए । उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए ।
त्यसपछि अस्पताल पुर्याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो । स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताउनुभएको छ । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताउनुभएको छ । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन । -
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment