Sunday, June 11, 2017
१२ वर्षीय बच्चीले आफ्नै आमाको ‘डेलिभरी’गराएर बनिन हिरो,जन्मियो भाई
काठमाडौँ । अमेरिकाको मिसिसिपी प्रान्तको ज्याक्सन सहरकी एक १२ वर्षीया बच्चीले आफ्नै आमाको ‘डेलिभरी’ गराएपछि संसारभर चर्चा फैलिएको छ । अपरेसन थिएटरमै गएर आमाको डेलिभरीका सक्रिय हुने बच्ची हुन्, जेसी डेल्लेपेना । जेसी यो कुरालाई लिएर उदास थिइन् कि आमाको प्रसव पीडाका क्रममा उनी आफ्नो कम उमेरका कारण भाइको जन्म हेर्न नपाउने अवस्थामा थिइन् । उनको उदासिनता देखेर डाक्टरले अपरेसन थिएटरमा जान स्वीकृति दिए । थिएटरमा पुगेपछि यति मात्रै भएन, जेसीले डाक्टरको निगरानीमा आफ्नो भाइको जन्म गराइन् र नालसमेत आफैँले काटिन् ।
‘मलाई रुन मन लाग्यो, किनभने मलाई लाग्यो कि आफ्नो कम उमेरकै कारण आफ्नो भाइ जन्मिएको हेर्न नपाउने भएँ,’ जेसीले डब्ल्युबी टिभीलाई भनेकी छिन्, ‘तर, डाक्टरले मलाई भाइ बाहिर निकाल्ने मौका दिए । म निकै उत्साहित भएँ । मैले यसअघि पनि डाक्टर बन्ने नक्कल गरिसकेकी थिएँ, तर यसपटक साँच्चिकै गरेँ ।’ जेसीका नवजात भाइ स्वस्थ छन्, र उसको तौल ३ दशमलव ३ किलोग्राम छ । जेसीको भावनाले उनका अभिभावकलाई पनि भावुक बनायो । आमा डेडेले भनेकी छिन्, ‘छोरीको भावना देखेर आँखाबाट आँसु आयो ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment