Friday, June 2, 2017

सिआइबीद्वारा जुवा अखडामा छापा , ८ युवतीसहित २४ जना पक्राउ - जुवा खेल्नेलाई घरबाट ल्याउने पुर्‍याउने देखि युवती सम्मको सुविधा

ललितपुरको सानेपा खरिवोट नजिकै एउटा रातो रंगको ३ तले घर छ । झम्खिखेलबाट जादाँ टेकुतर्फ नगई कुपनडोलतर्फ मोडिदाँ चोकमै सो घर देखिन्छ। सो घरको अगाडि प्रहरीको विटसमेत छ। शुक्रबार साँझ साढे ७ बजेतिर सो घरलाई शादा पोशाक प्रहरीले घेरा हाल्छन्। प्रहरीको एउटा टोली सो घरसँगै जोडिएको अर्को घरको छतहुदैँ भित्र पस्छन्। प्रहरीकै अर्को टोली सोही घरको तल्लो तल्लामा रहेको खाजाघरबाट मास्थिर उक्लिन्छन्। प्रहरीको टोली भित्र पुग्दा दोस्रो र तेस्रो तल्लामा जुवा खेलिरहेका मानिसहरु थिए। मानिसहरुको वीचमा युवती बसेर जुवाँ खेलाइरहेकी थिइन्। एसपी मिरा चौधरीले आफूहरु सिआइबीबाट आएको बताएपछि उनीहरु हच्किन्छन्। -प्रहरीको अर्को टोली तेस्रो तल्लामा पुग्छ। त्यहाँ पनि युवती बीचमा बसेर जुवा खेलाइरहेकी थिइन्। करिअर डिप्लोमेन्ट नामक कार्यालय खोलेर रमेश अग्रवालले त्यहाँ जुवा खेलाएका थिए। अग्रवाल भने त्यहाँ थिएनन्। प्रहरीले जुवा खेलाउने कपिल नागपाल र तारा शर्मा रिजालसहित २४ जनालाई पक्राउ गरेको छ। एसपी चौधरीका अनुसार वीरगंज घर भएका अग्रवालको सोल्टी होटलमा रहेको माजोङ क्यासिनोमा समेत क्यासिनो खेल्न जान्छन्। सिसिटिभी र सुरक्षासहित अग्रवालले सो स्थानमा करिव ३ महिनादेखि जुवा खेलाउँदै आएको एसपी चौधरीले बताइन। सिआइबीको टोलीले उनीहरुको साथबाट ६ लाख रुपैयाँ, १ सय ८६ अमेरिकी डलर र ८ हजार ३ सय ८१ वटा क्वाइन बरामद गरेको छ। पक्राउ पर्नेमा ८ जना युवती पनि छन्। दोस्रो र तेस्रो तल्ला मासिक ७० हजार भाडा लिएर अग्रवालले सो घरमा जुवा खेलाउने गरेका थिए। अग्रवालले ७ जना कर्मचारी र युवती नै राखेर सो स्थानमा जुवा खेलाउँदै आएका थिए। क्यासिनोमा काम गर्ने युवतीहरुलाई अग्रवालले त्यहाँ ल्याएर राख्ने गरेका थिए। अग्रवालले जुवा खेल्नेहरुलाई लिन र पुर्याउनसमेत गाडीको सुविधा दिएका थिए। सो जुवा खालमा म्यारिज २ सय प्वाइन्ट र फरासँ ५ सय प्वाइन्टमा खेल्ने गरेको पक्राउ परेकाहरुले बताएका छन्। एक दिनमा जुवा खेलाउदाँ ५० हजारदेखि १ लाखसम्म नाफा हुने गरेको उनले बताए। सिसिटिभी राखेर उच्च सर्तकताका साथ जुवा खेलाएको लामो समयछि प्रहरीले सो घरमा छापा मारेको हो। एसपी चौधरीले छापा मारिएको जुवा अखडा क्यासिनोभन्दा कम्तिको नभएको बताइन।

No comments:

Post a Comment