Saturday, June 10, 2017

घरैमा सुतेकी दिदीलाई बलात्कार गरे अनि ९ बर्षीया बहिनीको हत्या गर्ने हत्यारा यिनै हुन्

दमक,२८ जेष्ठ | पछिल्लो समय नेपाली समाजमा हत्या र क्रुरताले सिमा नाघ्दै गैरहेको छ त्यस्तै भयो दमकमा पनि आफन्तलाई जबरजस्ती करणी गरेको देखेपछि दमक २ भालुखुडीका हेमकुमार दाहालकी ९ बर्षीया छोरी गंगा दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छिमेकी ४३ बर्षीय लक्ष्मीप्रसाद अधिकारीले बालिकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । इलाका प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटना र हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त अधिकारीलाई शुक्रबारै जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गराएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार अधिकारीले बुधबार बेलुका पौने ५ बजेतिर बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेका थिए । बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

No comments:

Post a Comment